सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पृथ्वीसुब्बाले अर्कैको मोबाइलबाट फोन गरी मुख्यमन्त्री नेपालीलाई दिए बधाई [भिडियोसहित]

पृथ्वीसुब्बाले अर्कैको मोबाइलबाट फोन गरी मुख्यमन्त्री नेपालीलाई दिए बधाई [भिडियोसहित]

'लल ल मुख्यमन्त्री हुनु भएकोमा बधाइ छ है, मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम धेरै शुभकामना छ तपाईंको सफल कार्यकालका लागि,' गुरुङले मुख्यमन्त्री पोखरेललाई भनेका छन्। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन्। शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई निवर्तमान मुख्यमन्त्री गुरुङले फोन गरी बधाइ दिएका हुन्। 

'ल ल ल! मुख्यमन्त्री हुनु भएकोमा बधाइ छ है, मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम धेरै शुभकामना छ, तपाईंको सफल कार्यकालका लागि,' गुरुङले मुख्यमन्त्री पोखरेललाई भनेका छन्। 

गुरुङले आफ्नो नम्बरबाट नेपालीलाई फोन लाग्दै नलागेर अरुकै मोबाइलबाट फोन गरी पोखरेललाई बधाइ दिएका हुन्। उक्त कुरा उनले मुख्यमन्त्रीलाई पनि भनेका छन्। 

यसअघि गुरुङले पनि मुख्यमन्त्रीमा आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए। त्यसपछि पोखरेलसहित ३१ जना सशरीर उपस्थित भएर प्रदेश प्रमुखको कार्यालयअघि धर्ना दिएपछि प्रदेश प्रमुख सीता पौडेलले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्। 

भिडियो

प्रकाशित: Jun 12, 2021| 13:18 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।