सोमबार, भदौ ८, २०८३

कोभिड खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले  कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले  कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । 

सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै उनले नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको कुरा उल्लेख गर्दै पत्र पठाइने बताए।

“पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौ,” उनले भने, “ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्नेछौं ।” सरकारको आग्रहमा बेलायतले खोप  चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनले गरे। 

मन्त्रालयले भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुबिधाले दुबैले तत्काल ‘कोभिशिल्ड’ खोप उपलब्ध नगराएपछि ‘कोभिशिल्ड’ बिकल्पमा जस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ लगाउने निर्णय गरेको छ। खोपको पहिलो मात्रा  लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी  र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ । 

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा  लगाएको थियो। दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

प्रकाशित: Jun 12, 2021| 13:01 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।