सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश : केहीबेरमा शपथ, मनाङेसहित ४ सदस्यीय मन्त्रिपरिषद् बन्दै

गण्डकी प्रदेश : केहीबेरमा शपथ, मनाङेसहित ४ सदस्यीय मन्त्रिपरिषद् बन्दै

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्ण पोखरेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्ण पोखरेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्। प्रदेश प्रमुखको कार्यालयमा साँझ साढे ७ बजे शपथको कार्यक्रम छ। पहिलो चरणमा नवनियुक्त मुख्यमन्त्री पोखरेलले ४ सदस्यीय मन्त्रिपरिषद् बनाउँदैछन्।

आज माओवादीकी मधुमाया अधिकारी गुरुङ, जसपाका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाउन लागिएको हो। उनीहरुलाई दिने मन्त्रालयको भने टुंगो लागिसकेको छैन।

शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। शनिबारै दिउँसो जसपाको महन्थ ठाकुर पक्षको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले पनि दाबी गरेपछि पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए।

पोखरेललाई कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङे धर्नामा बसेका थिए।

प्रकाशित: Jun 12, 2021| 12:55 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।