सोमबार, भदौ ८, २०८३

सर्‍यो कांग्रेस महाधिवेशन

कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हाे।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका हेरफेर गरिएको छ। कांग्रेस पदााधिकारीको शनिबार बसेको बैठकले महाधिवेशन भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हाे।

यसअघि भदौ ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका थियो। पदाधिकारी बैठकले कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन सार्ने निर्णय गरेको हो।

बैठकले क्रियाशील सदस्यता छानबिन २० असारसम्म गरिसक्ने र २४ असारमा क्रियाशील सार्वजनिक गर्ने निर्णय गरेको छ। केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने  साझा प्रस्ताव तय गरिएको र यसलाई अनुमोदनका लागि केन्द्रीय समितिमा पेस गर्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार वडा तहको अधिवेशन साउन ६ गते, गाउँ/नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन साउन १६ गते गर्न प्रस्ताव गरिएको छ।

यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २० गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २४ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते तथा केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्न प्रस्ताव गरिएको उनले बताए।

प्रकाशित: Jun 12, 2021| 12:10 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।