सोमबार, भदौ ८, २०८३

को हुन् गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?

७१ वर्षीय कृष्णचन्द्र नेपालीको राजनीतिक पृष्ठभूमि लामै छ। विस २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा पनि राजनीतिमा सक्रिय थिए। उनी प्रजातन्त्र सेनानी हुन्। पोखरेलले २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेके।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रकाश अर्यालले पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएको बताए। 

पोखरेलले शुक्रबार ३१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङेको उनलाई साथ छ।

७१ वर्षीय कृष्णचन्द्र नेपालीको राजनीतिक पृष्ठभूमि लामै छ। विस २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा पनि राजनीतिमा सक्रिय थिए। उनी प्रजातन्त्र सेनानी हुन्। पोखरेलले २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेके।

आन्दोलनमा पटकपटक जेल परेका नेपालीले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्। २०४८ सालपछि उनी लगातार १९ वर्ष कांग्रेस नवलपरासीको सभापति भएका थिए। कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका नेपाली गत प्रदेश सभा निर्वाचनमा नवलपरासी पूर्व-१ (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

काभ्रे र तनहुँमा पोखरेल शिक्षक भई कामसमेत गरेका पोखरेल राजनीतिमा समेत सक्रिय भएको आरोपमा राज्यले उनको शिक्षण पेसा हरेको थियो। २०२९ देखि २०३६ सम्म अध्यापन गराएका उनी कानुनी सेवामा समेत जोडिएका छन्। 

२०७० सालको संविधान सभा निर्वाचनमा नवलपरासी-३ बाट प्रत्यक्ष उम्मेदवार भएपनि उनी पराजित भएका थिए।

प्रकाशित: Jun 12, 2021| 12:04 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।