सोमबार, असार २९, २०८३

चीनसँग ‘कनेक्टिभिटी’ तयार हुने डा. भट्टराईको दाबी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– नेकपाका नेता तथा परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा पारवहन र यातायात सम्झौताको कार्यान्वयन मुख्य प्राथमिकतामा रहेको बताएका छन् । 

त्यस क्रममा उक्त सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने उनको भनाइ छ । सोही प्रयोजनका लागि दुई मुलुकबीच कागजात आदानप्रदान भइरहेको उनले बताए । 

दुवै छिमेकीसँग कनेक्टिभिटी विस्तार सरकारको प्राथमिकता भएको डा. भट्टराईले बताए । अब भारतजस्तै चीनसँग पनि जलविद्युत विकासका लागि पीटीए आवश्यक भएको उनको भनाइ छ । 

पर्यटन र कृषि क्षेत्रको विकासका लागि चीनको सहयोग महत्वपूर्ण हुने डा. भट्टराईले बताए । नेपालले भारतसँग मात्रै नभई चीनसँग पनि पारवहनको हक खोज्नुपर्ने परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले बताए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।