सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा विपक्षीको प्रदर्शन, एमालेका ४ सांसद गुरुङको साथ छोड्दै

पोखरामा विपक्षीको प्रदर्शन, एमालेका ४ सांसद गुरुङको साथ छोड्दै

गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीको दाबी गरेका कांग्रेस संसदीय दलका नेता कृष्ण नेपाली पोखरेललाई नियुक्त गर्न आनाकानी गरेपछि पोखराको माहोल गर्मागर्मी भएको छ।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पोखरा- गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीको दाबी गरेका कांग्रेस संसदीय दलका नेता कृष्ण नेपाली पोखरेललाई नियुक्त गर्न आनाकानी गरेपछि पोखराको माहोल गर्मागर्मी भएको छ।

दिउँसैदेखि विपक्षी गठबन्धनका ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा छन्। उनीहरुले कार्यालय अगाडि नै नाराबाजी गर्न सुरु गरेका छन्।

साथै पोखरा बजारमा समेत विपक्षी गठबन्धन निकट दलका कार्यकर्ताले प्रदर्शन गरेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, राजमोलगायतका कार्यकर्ता तत्काल मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।
मुख्यमन्त्री नियुक्तिको समयसीमा तोकेकी प्रदेश प्रमुख सीता पौडेलले नियुक्तिमा आनाकानी गरेको र प्रदेशसभा नै विघटन गर्ने तयारी गरेको भन्दै दलका कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन्।

यसैबीच यसअघि विश्वासको मत लिने प्रक्रियामा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई साथ दिएका एमाले सांसदहरुले समेत साथ छोड्ने चेतावनी दिएका छन्।

नेता माधव नेपाल पक्षधर मानिने सांसदहरुले प्रदेश प्रमुखको रवैया बढेको भन्दै विपक्षी गठबन्धनको साथ दिने तयारी गरेका हुन्।

बागलुङका सांसद इन्द्रलाल सापकोटासहित ४ सांसद गुरुङको साथ छोड्न तयारी अवस्थामा रहेको बुझिएको छ।
मुख्यमन्त्रीका लागि ३१ सांसदको हस्ताक्षर र भौतिक उपस्थितिसहित दाबी गरेका कांग्रेस संसदीय दलका नेता पोखरेलले प्रदेशमा पनि केन्द्रको राजनीति पुनरावृत्ति गर्न खोजिएको आरोप लगाएका छन्।

प्रकाशित: Jun 12, 2021| 11:55 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।