सोमबार, भदौ ८, २०८३

कृष्णचन्द्र नेपाली बने गण्डकीको मुख्यमन्त्री

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।

शनिबारै दिउँसो जसपाको महन्थ ठाकुर पक्षको समर्थन आफूलाई रहेको भन्दै मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले पनि दाबी गरेका थिए। 

त्यसपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका कृष्ण नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका थिए।

प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमा भित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका थिए। प्रदेशको राजनीति पनि संघको राजनीतिकै दिशामा जान लागेको आशंकामा गठबन्धनका सम्पूर्ण सांसदसहित धर्नामा बसेका बताइएको थियो।

कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङे धर्नामा बसेका थिए।

 

प्रकाशित: Jun 12, 2021| 11:52 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।