सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालमा थप ६१ संक्रमितको मृत्यु, मृतकको संख्या ८ हजार ३६६ पुग्यो

नेपालमा थप ६१ संक्रमितको मृत्यु, मृतकको संख्या ८ हजार ३६६ पुग्यो

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार ३८२ जनाको पीसीआर र १ हजार २ जनामा एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- विगत २४ घण्टामा नेपालमा थप ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ हजार ३६६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार ३८२ जनाको पीसीआर र १ हजार २ जनामा एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६१ मृतक थपिएका छन्। 

योसँगै नेपालमा ६ लाख ६ हजार ७७८ जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १९ हजार ७५७ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ३६६ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित: Jun 12, 2021| 11:25 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।