सोमबार, चैत ९, २०८२

२४ घण्टायता नेपालमा थपिए ३ हजार ३८४ संक्रमित, ६ हजार २९५ जना संक्रमणमुक्त

उक्त अवधिमा ८ हजार ३६६ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६१ मृतक थपिएका छन्। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- विगत २४ घण्टायता देशभर ३ हजार ३८४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २ हजार ३८२ जनाको पीसीआर र १ हजार २ जनामा एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।  

National life

उक्त अवधिमा ६ हजार २९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार विभिन्न मितिमा नेपाली सेनाले व्यवस्थापन गरेको शवसमेत गरी शनिबार ६१ मृतक थपिएका छन्। 

योसँगै नेपालमा ६ लाख ६ हजार ७७८ जनालाई संक्रमण भएको पीसीआर विधिमार्फत् पुष्टि भएको छ भने १९ हजार ७५७ जनालाई एन्टिजेन विधिमार्फत् संक्रमण भएको पुष्टि भएको छ। यीमध्ये ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् भने ८ हजार ३६६ जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ८ हजार ५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित: Jun 12, 2021| 11:19 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्