पोखरा- नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीलाई गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै मनाङबाट स्वतन्त्र निर्वाचित भएर एमाले प्रवेश गरेका दीपक मनाङ (राजीव गुरुङ) पनि धर्नामा बसेका छन्। गुरुङसहित ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका हुन्।
प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमाभित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका हुन्। प्रदेश सभा विघटन हुने आशंकामा गठबन्धनका सम्पूर्ण सांसदले धर्ना कसेका हुन्।
धर्नामा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद मनाङे छन्।
यसअघि दिउँसो जसपाको महन्थ ठाकुर पक्षका सांसद शंकर गौतमले जसपाका सांसद एमाले संसदीय दलका नेता पृथ्वीसुब्वा गुरुङको पक्षमा रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए।
यी हुन् धर्ना बसेका सांसद
