पोखरा- गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका कृष्ण नेपाली पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ३१ सांसद प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन्।
प्रदेश प्रमुख सीता पौडेलले तोकेको समयसीमा भित्र मुख्यमन्त्री नियुक्तिको पत्र नआएपछि गठबन्धनका सांसदहरु धर्नामा बसेका हुन्। प्रदेशको राजनीति पनि संघको राजनीतिकै दिशामा जान लागेको आशंकामा गठबन्धनका सम्पूर्ण सांसदसहित धर्नामा बसेका हुन्।
कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ तथा एक स्वतन्त्र सांसद दीपक मनाङे धर्नामा बसेका छन्।
यसअघि दिउँसो जसपाको महन्थ ठाकुर पक्षका सांसद शंकर गौतमले जसपाका सांसद एमाले संसदीय दलका नेता पृथ्वीसुब्वा गुरुङको पक्षमा रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए।