काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शीतल निवासको षड्यन्त्र पोखरामा नदोहोर्याउन गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई चेतावनी दिएका छन्।
प्रवक्ता शर्माले शनिबार ट्विट गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सांसदको हस्ताक्षरसहित शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेपनि प्रतिनिधि सभा विघटन गरेको तर्फ संकेत गर्दै त्यही गल्ती गण्डकीमा पनि नदोहोर्याउने चेतावनी दिएका हुन्।
'होसियार! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस्,' प्रवक्ता शर्माले भनेका छन्।
विश्वासको मत गुमाएका पृथ्वीसुब्बा गुरुङले पुनः मुख्यमन्त्रीमा दाबी गरेकोकाले गण्डकी प्रदेशसभा पनि विघटन हुने आशंका बढाएको उनको भनाइ छ। 'मुख्यमन्त्रीमा कब्जा शैलीमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिन अघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ,' प्रवक्ता शर्माको ट्विटमा लेखिएको छ।
होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका ब्यक्तिको पुन मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 12, 2021
तस्वीर बोल्छ- बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ l pic.twitter.com/oYMrO6dVsb