सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमण : सुदूरपश्चिममा झण्डै ९२ प्रतिशत संक्रमणमुक्त

कोरोना संक्रमण : सुदूरपश्चिममा झण्डै ९२ प्रतिशत संक्रमणमुक्त

सुदूरपश्चिम प्रदेशमा झण्डै ९२ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेशमा झण्डै ९२ प्रतिशत कोरोना संक्रमित निको भएका छन्।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार हालसम्म प्रदेशमा ९१.९१ प्रतिशत कोरोना संक्रमित निको भएका हुन्। 
निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म ३९ हजार १५२ जना कोरोना संक्रमित निको भएका छन्। 

प्रदेशमा हालसम्म ४२ हजार ५९६ जनामा कोरोना संक्रमण देखिएको छ। १ लाख ८८ हजार ९१५ जनाको आरटीपीसीआर विधिबाट परीक्षण गर्दा ३४ हजार ६९९ जनामा र ५६ हजार १७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। 

प्रदेशमा हाल ३ हजार १०५ जना कोरोनाका सक्रिय संक्रमित छन्। सबैभन्दा बढी कैलालीमा ८३५ जना छन्। कुल सक्रिय संक्रमितमध्ये १२६ जनाको सरकारी अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा उपचाररतमध्ये ६ जनाको भेन्टिलेटर र १६ जनाको आईसीयूमा उपचार भइरहेको छ।

प्रकाशित: Jun 12, 2021| 09:35 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।