सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ज्ञानेन्द्र शाहीमाथि कुटपिटको कारण मदिरा सेवन : प्रहरी, शाही भन्छन्- प्रहरी झुट बोल्दैछ

ज्ञानेन्द्र शाहीमाथि कुटपिटको कारण मदिरा सेवन : प्रहरी, शाही भन्छन्- प्रहरी झुट बोल्दैछ

‘पक्राउ परेका केही युवाहरुले मदिरा सेवन गरेको देखिन्छ,’ सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले नेपाल समयसँग भने, ‘ज्ञानेन्द्र शाहीको समूहले पनि मदिरा सेवन गरेको स्थानीयको दाबी छ। तर पुष्टि भएको छैन।’ 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

सुर्खेत- मदिरा सेवनका कारण सुर्खेतमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएको प्रहरीले बताएको छ। स्थानीय युवाहरूको समूहले मदिरा सेवन गरेका कारण घटना भएको प्रहरीले दाबी गरेको हो। 

‘पक्राउ परेका केही युवाहरुले मदिरा सेवन गरेको देखिन्छ,’ सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले नेपाल समयसँग भने, ‘ज्ञानेन्द्र शाहीको समूहले पनि मदिरा सेवन गरेको स्थानीयको दाबी छ। तर पुष्टि भएको छैन।’ 

शाहीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगरका १३ का टंक सलामी, घनश्याम सलामी, सुजन सारु, नवराज गिरी र ललित गाहा छन्। उनीहरुमध्ये केहीले मदिरा सेवन गरेको प्रहरीले बताएको छ। 

‘रातको बाटोमा जम्काभेट हुँदा घटना भएको हो,’ डीएसपी घर्तीले भने, ‘अहिलेसम्म हेर्दा घटनाको मुख्य कारण मदिरा नै देखिन्छ।’ ज्ञानेन्द्र शाहीको टोली पनि निषेध आदेशको समयमा ओहोर–दोहोर गर्नु गल्ती भएको प्रहरीको भनाई छ । ‘उहाँहरु पनि रातीमा ओहोर–दोहोर गर्नुहुन्थेन,’ उनले भने, ‘रातीको समयमा ओहोर–दोहोर गर्दा केटाहरूले सोध्नु सामान्य हो। तर मदिराका कारण घटना भयो।’

स्थानीयले भने ज्ञानेन्द्र शाहीको टोलीले पनि मदिरा सेवन गरेको दाबी गरेका छन्। ‘राती–राती हिँड्ने तपाईंहरु को हो? गाडी रोक्नोस् भनेर केटाहरुले भनेछन्,’ प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै वीरेन्द्रनगर १३ का वडाध्यक्ष भूपेन्द्रबहादुर दर्लामीले नेपाल समयसँग भने, ‘उनीहरुले पनि हाम्रो गाडी रोक्ने तपाईहरू को हो भनेर प्रतिवाद गर्दा घटना भएछ।’

यता ज्ञानेन्द्र शाहीको टोलीले भने सरकारी पक्षबाट आफ्नो समूहमाथि आक्रमण भएको दाबी गरेको छ। ‘हामीमाथि सरकार पक्षका मान्छेबाट आक्रमण भयो। सुर्खेत प्रहरीले झुट बोल्दैछ,’ फेसबुकमार्फत् शाहीले भनेका छन्, ‘सुर्खेतका प्रहरी प्रमुखले बर्दी लगाएर सरासर झुठ बोलिरहेका छन्। यो झुठ बोल्ने काम उहाँबाट बन्द होस्।’

उनले सुनियोजित रुपमा आफ्नो समूहमाथि आक्रमण भएको दाबी गरेका छन्। शाहीले प्रश्न गरेका छन्, 'सुर्खेत प्रहरीका प्रमुखलाई मैले हिजो पनि फोनमा भनेको थिएँ। आउनुस्, गोली हान्नुस्, मार्नुस्। यसरी योजना बनाएर किन तपाईंका मान्छेहरूलाई हामीमाथि आक्रमण गर्न लगाउनुहुन्छ?’ 

घटापछिसमेत प्रहरीले आफूहरुलाई उद्धार नगरेको उनको आरोप छ। ‘हामीलाई उद्धार गरेर अस्पतालमा उपचार गर्न ल्याएन। बरु एक घण्टासम्म सोधपुछ गर्‍यो,’ शाहीले भनेका छन्। आफूलाई मार्ने उद्देश्य राखेर नेकपा (एमाले) ओली समूहका मान्छेहरुले आक्रमण गरेको शाहीले दाबी छ।

निषेध आदेशका कारण अप्ठेरोमा परेका विपन्नलाई राहत बाँड्न ज्ञानेन्द्र शाहीको टोली सुर्खेत आएको हो। उनीहरु शुक्रबार साँझ ७ बजेतिर वीरेन्द्रनगर–१३ गरगरेमा आफन्तीकोमा खाना खान पुगेका थिए। गरगरेमा जुम्लाका एक स्थानीयले कुखुरा पालन व्यवसाय गर्दै आएका छन्। शाही जुम्लाकै स्थानीय हुन्।

गरगरेबाट बजारतर्फ फर्कँदै गरेको शाहीको टोली र घर ढलान गरी गाउँ फर्कदै गरेका स्थानीयसँग वीरेन्द्रनगर–१३ कै करेखोलामा झम्काभेट भएको थियो। अबेरसम्म घर ढलान गरी फर्कदै गरेका युवाहरुले शाहीको टोलीलाई केरकार गरेपछि घटना भएको प्रहरीले जनाएको छ। घटनामा दुवै पक्षका दर्जनभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 12, 2021| 09:12 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।