सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महेश बस्नेतको आशंका : कांग्रेसकै मिलीभगतमा प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र त भइरहेको छैन?

महेश बस्नेतको आशंका : कांग्रेसकै मिलीभगतमा प्रधानमन्त्री ओलीलाई मार्ने षड्यन्त्र त भइरहेको छैन?

नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने उनको भनाइ छ। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- नेकपा (एमाले)का नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने षड्यन्त्र हुन सक्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले उक्त कुरा बताएका हुन्।

शुक्रबार बागमती प्रदेशमा कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीले देश खाइदिने भन्दै नाथुराम गोड्से बन्न तयार हुने र कोही नबने आफैँ बन्न सक्ने संभावना उल्लेख गरेका थिए। त्यसप्रति सर्वत्र आलोचना भइरहेको छ भने वैद्यले आत्मालोचना गर्दै उक्त अभिव्यक्ति फिर्ता लिएका समेत छन्। 

'नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन' भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने उनको भनाइ छ। 

'वैद्यले संसद्‍मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न। सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहे सत्ताप्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ,' कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै नेता बस्नेतले भने। 

शुक्रबार प्रदेशसभा बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारबाही गर्नसमेत उनको माग छ। 

बस्नेतले एमालेभित्र आन्तरिक कलहको फाइदा उठाउँदै केही तत्व सत्ताप्राप्तिका लागि प्रधानमन्त्रीको ज्यानै लिने षड्यन्त्र बनाउँदै गरेको रहस्य बाहिर आएको जिकिर गरेका थिए। उनले यो षड्यन्त्रभित्र क-कसको सहभागिता छ भनेर खोजिने उल्लेख गरेका थिए। -रासस

प्रकाशित: Jun 12, 2021| 08:38 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।