सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन

गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- गृहमन्त्री खगराज अधिकारीले कसैको डर नमानी निर्भय र निर्धक्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न  निर्देशन दिएका छन्। गृहमन्त्री भएपछि पहिलोपटक प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै गृहमन्त्री अधिकारीले प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्सबाट सहभागी ७ वटै प्रदेश प्रहरी प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।

'नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएकाले प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्नुपर्छ,' निर्देशनका क्रममा मन्त्री अधिकारीले भने, 'घोषित प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नेलगायतका दायित्व निर्वाहको साथै जस्तोसुकै परिस्थितिको सामना गर्न राष्ट्रलाई शिरमा राखेर अगाडि बढनुपर्नेछ।' 

गृहमन्त्री अधिकारीले प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याब, पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारीसमेत लिएका थिए। 

गृहमन्त्री अधिकारीले कोभिड-१९ द्वारा सिर्जित विषम परिस्थितिमा पनि अग्रपंक्तिमा खटेर नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने, अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने एवम् नागरिकको जीउ धनको सुरक्षाको लागि अहोरात्र निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहमन्त्री व्यावसायिक निर्देशन कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताएका थिए। 

महानिरीक्षक थापा क्षेत्रीले अपराध रोकथाम तथा अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने प्रहरीको मुलभूत दायित्वको साथै कोभिडको उपचार, निषेधाज्ञा कार्यान्वयन, कालोबजारी नियन्त्रण, विपद् व्यवस्थापन तथा मध्यावधि निर्वाचनको तयारीमा नेपाल प्रहरी कटिबद्ध रहेको उल्लेख गरेका थिए। 

नेपाल प्रहरीको कार्य योजना २०७७, कार्यसम्पादन सम्झौता, मातहत दर्जाको उत्प्ररेणा र मनोबल विषयमा शोध र प्राप्त सुझावहरुको कार्यान्वयन, प्रहरी कर्मचारीहरुको आचार संहिताको कार्यान्वयन लगायतका विषयले संगठनको पद्धतिजन्य विकास र सुत्रवद्ध परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ। 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका सहसचिव, प्रहरी नायव महानिरीक्षक एवम् वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानको उपस्थित थिए भने ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुको भर्चुअल सहभागिता थियो। 

प्रकाशित: Jun 12, 2021| 08:03 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।