काठमाडौ- देश कोरोना महामारीको चपेटामा छ। काठमाडौं उपत्यकामा निषेध आदेश जारी छ। त्यसमाथि यो हप्ता गर्मी अलिक बढी नै महसुस भयो।
यद्यपि शुक्रबारबाट भने काठमाडौंसँगै देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। यसले केही शीतल भने अवश्य महसुस गराएको छ।
यो हप्ता गर्मीले आहत भई शीतल छहारीमा निदाइरहेका र गर्मीको परवाह नगरी काम गरिरहेका व्यक्तिसम्म नेपाल समयकाे लेन्समा कैद भएका छन्।