सोमबार, भदौ ८, २०८३

विवादित अभिव्यक्ति दिएका वैद्यले मागे माफी

नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले माफी मागेका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- विवादित अभिव्यक्ति दिएका नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले माफी मागेका छन्। शनिबार प्रदेश सभा बैठक सुरु भएलगत्तै सभामुखसँग समय लिएर बोल्दै उनले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएका हुन्। 

उनले भावावेशमा आएर त्यसतो अभिव्यक्ति दिन पुगेको भन्दै आत्मालोचना पनि गरेका छन्। 

उनले आफू गान्धीवादी नेता भएको र हत्या हिंसामा विश्वास नगर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै रिसइबी नरहेको उनको भनाइ छ। 

वैद्यले सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन पनि अनुरोध गरेका छन्। वैद्यको आग्रहपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

यस्तै उनले विज्ञप्ति पनि जारी गरेका छन्। ‘मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दल नेपाली कांग्रेसले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेको र मैले आफैंले पनि आफूले बोलेको कुरा विभिन्न सामाजिक सञ्जालमा उपलब्ध भिडियो हेर्दा कूटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुस गरेको’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 


प्रकाशित: Jun 12, 2021| 06:51 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।