सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एमालेले भन्यो– प्रधानमन्त्रीको हत्या गर्न दिइएको धम्की निन्दनीय

एमालेले भन्यो– प्रधानमन्त्रीको हत्या गर्न दिइएको धम्की निन्दनीय

नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ। 

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रेस विज्ञप्ति जारी गर्दै वैद्यको अभिव्यक्तिप्रति घोर भर्त्सना गर्दै यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको बताएका छन्। 

‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ।’ 

साथै सो विषयमा एमालेले सम्बद्ध राजनीतिक दल कांग्रेसको समेत गम्भीर ध्यानाकर्षण गरेको छ।

यसैबीच नेपाली कांग्रेसले वैद्यलाई सो अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्न निर्देशन दिएको छ। वैद्यले पनि आफूले अभिव्यक्ति फिर्ता लिँदै आत्मालोचना गर्ने बताएका छन्। 
 

प्रकाशित: Jun 12, 2021| 05:49 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।