सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई  एक लाखका दरले राहत दिइने

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई  एक लाखका दरले राहत दिइने

पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश २ सरकारले  एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

जनकपुरधाम- पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश २ सरकारले  एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको थियो।

पोखरीमा डुबेर मृत्यु हुनेमा १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीया चन्दाकुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चान्दनी ठाकुर, १२ वर्षीया ललीता साह तेली रहेको प्रहरीले जनाएको छ। 

पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधास्थित प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रामसरोज यादवले मृतकका परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन्। मृतकका परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन्।

घटनास्थल मन्त्री यादवकै निर्वाचन क्षेत्रमा पर्छ।

प्रकाशित: Jun 12, 2021| 05:07 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।