सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने

कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। 

देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

महाधिवेशनका विषयमा नयाँ कार्यतालिका बनाउने विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ। 

कोरोना महामारीका कारण कांग्रेस महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार असारमा वडा तहको अधिवेशन सुरु गर्नुपर्ने हुन्छ। तर, अहिलेसम्म क्रियाशील सदस्यताको टुंगो समेत नलागिसकेको अवस्थामा कार्यतालिकाअनुसार महाधिवेशन गर्न कठिन देखिएको छ।

संवैधानिक व्यवस्थाअनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यता कांग्रेसलाई छ।

प्रकाशित: Jun 12, 2021| 04:44 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।