सुर्खेत- राहत बाँड्नका लागि सुर्खेत आएका ज्ञानेन्द्र शाही र स्थानीय युवाबीच झडप भएको छ।
शुक्रबार राति वीरेन्द्रनगर–१३, करेखोलाका स्थानीय र ज्ञानेन्द्र शाहीको समूहबीच झडप भएको सुर्खेत प्रहरीले जनाएको छ।
‘करेखोलामा राहत बाँड्न पुगेका रहेछन्, निषेध आदेशमा किन गाउँ छिरेको भन्दै स्थानीयले प्रतिवाद गरेपछि झडप भएछ,’ सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले भने, ‘दुवै पक्षका दर्जन बढी घाइते छन्।’
निषेध आदेशमा रातिको समयमा गाउँमा आएको भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ। घटनास्थलबाट स्थानीय पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको थप बुझ्नुपर्ने भन्दै प्रक्राउ परेकाहरूको विवरण खुलाइएको छैन।
सामाजिक सञ्चालमा राखिएको भिडियोमा शाहीले आफूसहित कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोकबहादुर रोकाय, राजेश महत, शान्त शर्मा, सीता आचार्य, खगेन्द्र बजगाईं महेश बीसीलगायतको टोलिमाथि आक्रमण भएको बताएका छन्।