सोमबार, भदौ ८, २०८३

आजको मौसम : केही ठाउँमा भारी वर्षा हुने

देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

काठमाडौं- देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ। 

देशभरकाे माैसममा आंशिकदेखि सामान्य बदली भएको छ। थोरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशको पूर्व तथा मध्य भूभागमा उत्तरपश्चिम बंगालको खाडी र आसपास बनेको नयून चापीय क्षेत्रको प्रभाव रहेको छ। पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। 

महाशाखाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा भइरहने छ।

प्रकाशित: Jun 12, 2021| 02:54 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।