सोमबार, चैत ९, २०८२

मध्यपश्चिम विश्वविद्यालय: २५ पदका लागि ३६२ आवेदन

मध्यपश्चिम विश्वविद्यालयमा २५ पदका लागि ३६२ वटा आवेदन परेको छ। 
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

सुर्खेत- मध्यपश्चिम विश्वविद्यालयमा २५ पदका लागि ३६२ वटा आवेदन परेको छ। 

National life

आवेदक सबै प्राज्ञिक जनशक्ति अर्थात् पीएचडी र पोस्ट पीएचडी गरेका व्यक्तिहरू हुन्। 

विश्वविद्यालयले २५ जना पीएचडी र पोस्ट पीएचडी गरेका उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक माग गर्दा ३६२ जनाको आवेदन परेको हो।

जसमध्ये कृषि र वन विज्ञान संकायको उपप्राध्यापकमा १०, सहप्राध्यापकमा १७ र प्राध्यापकमा २० गरी कुल ४७ वटा आवेदन परेका छन्। 

शिक्षा विज्ञान संकायको उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक पदमा ५–५ वटा आवेदन परेको छ। इन्जिनियरिङ संकायको उपप्राध्यापक, सहप्राध्यापकमा ११–११ जना र प्राध्यापकमा सात जनाको आवेदन परेको छ। 

Laxmi sunrise bank
kumari

स्वास्थ्य विज्ञान संकायको उपप्राध्यापकमा ७, सह–प्राध्यापकमा १६ र प्राध्यापकमा ६ वटा, मानविकी तथा शिक्षा शास्त्र संकायमा उपप्राध्यापकमा ५, सह–प्राध्यापकमा ७ र प्राध्यापकमा ९ जनाको आवेदन परेको छ। 

त्यसैगरी व्यवस्थापनमा संकायको उपप्राध्यापक दुई, सहप्राध्यापकमा ४ र प्राध्यापकमा १ जनाको, विज्ञान र प्रविधि संकायको उपप्राध्यापकमा ३४ जना, सहप्राध्यापकमा ४४ जना र प्राध्यापकमा ३३ जनाको आवेदन परेको छ।

त्यस्तै आदिवासी अध्ययन र टेक्नोलोजी कर्णाली संस्थानको उपप्राध्यापकमा ४ र सह–प्राध्यापकमा १ आवेदन परेको छ। अनुसन्धान र विकास केन्द्रको उपप्राध्यापकमा २७ जना, सहप्राध्यापकमा ४३ जना र प्राध्यापकमा १९ वटा, एमयू खेलकुद र योग प्रतिष्ठानतर्फ उपप्राध्यापकमा १ जना, सह–प्राध्यापकमा दुई र प्राध्यापकमा १ आवेदन परेको छ। 

यसरी कुल २५ पदका लागि १४२ जनाले विभिन्न पदमा ३६२ वटा आवेदन दिएको मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ।

त्यस्तै व्यवस्थापतर्फ एक–एक जना प्राध्यापकको लागि १ वटा, सिभिल इन्जिनियरका लागि २ वटा, जनसम्पर्क अधिकृत तथा प्रवक्ताका लागि ७ वटा, वरिष्ठ अधिकृत प्रशासनमा ११ वटा, वरिष्ठ लेखा अधिकृतका लागि ५ वटा र ४ वटा रिसेप्सनिष्टका लागि ४७ वटा आवेदन परेका छन्।

विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले भने, ‘अब फाष्टट्रयाकबाट नियुक्ति गर्छाैँ।’ 

प्रकाशित: Jun 12, 2021| 02:14 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्