विराटनगर- प्रदेश १ सरकारलाई वर्ल्ड भिजन इन्टरनेसनलले ३४ लाख ८१ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
वर्ल्ड भिजन इन्टरनेसनल नेपालको ९० दिने कोभिड–१९ दोस्रो लहर आपतकालीन प्रतिकार्य परियोजना अन्तर्गत प्रदेश १ को उदयपुर र प्रदेश सरकारलाई शुक्रबार ३४ लाख ८१ हजार १२७ मूल्य बराबरको १२० थान अक्सिजन सिलिण्डर, एउटा अक्सिजन कन्सन्ट्रेटर, ७० थान इन्फ्रारेड थर्मामिटर, ७० थान पल्स अक्सिमिटर, १०० थान पीपीई सेट हस्तान्तरण गरिएको वर्ल्ड भिजनका प्रमिल अधिकारीले जानकारी दिए।
उनका अनुसार उदयपुरका लागि ७० थान अक्सिजन सिलिन्डर, पीपीई सेट, पल्स अक्सिमिटर र एक थान अक्सिजन कन्सन्ट्रेटर, प्रदेश सरकारको लागि ५० थान अक्सिजन सिलिन्डर, ३० पीपीई सेट उपलब्ध गराइएको छ।