सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा कोरोना संक्रमण घट्दै गएपछि निजी अस्पतालमा ओपीडी सेवा सुरु हुँदै

पर्सामा कोरोना संक्रमण घट्दै गएपछि निजी अस्पतालमा ओपीडी सेवा सुरु हुँदै

पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन्।
 |  शनिबार, जेठ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २९, २०७८

पर्सा- पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन्।

वीरगंज महानगरपालिका–१४, बहुअरीस्थित रहेको स्पर्श मल्टिस्पेसियालिटी हस्पिटलले ओपीडी सेवा सञ्चालन गर्न लागेको जनाएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिको आग्रहमा कोरोना संक्रमितहरूको उपचारका लागी वैशाख २६ गतेदेखि सञ्चालनमा ल्याएको यस हस्पिटलले ६६ जना कोरोना संक्रमितको उपचार गरेको थियो। जसमध्ये ४८ जना निको भएर घर फर्किए भने उपचारको क्रममा १४ जनाको मृत्यु भएको थियो। हाल चार जना उपचाररत रहेको अस्पतालका निर्देशक डा. निमेश पालले बताए।

हस्पिटलका प्रबन्ध निर्देशक डा. महेश्वर कुर्मीले संक्रमितको संख्या घट्दै गएपछि नियमित रुपमा हस्पिटल सञ्चालन गर्न लागिएको जानकारी गराए। 
 

प्रकाशित: Jun 12, 2021| 01:37 शनिबार, जेठ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।