काठमाडौं– कुवेतको जबेर अल अहमद रंगशालामा नेपाल र अष्ट्रेलियाको खेल सुरु भएको छ। फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तगैत दोस्रो लेगको नेपाल र अष्ट्रेलियाको खेल भर्खरै सुरु भएको हो।
नेपालमा हुनुपर्ने दोस्रो लेगको कोभिड १९ को महामारीका कारण एसियाली फुटबल महासंघ एएफसीले कुवेतमा गर्ने निर्णय गरेको थियो।
यससँगै छनोट अन्तर्गत दोस्रो चरणको समूह बाँकी सबै खेल कुवेतमा सञ्चालन भइरहेका छन्।
आज नेपालले छनोटको अन्तिम अर्थात् आठौं खेल खेल्दैछ भने अष्ट्रेलियाले सातौं खेल खेल्दैछ। नेपाल विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने सम्भावना बाट बाहिरिसकेको छ।
तर आजको खेलमा अष्ट्रेलियाले जित निकाल्न सके ऊ एक खेल अगावै अर्को चरणमा पुग्नेछ।