सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीको नीति तथा कार्यक्रममा जनभावनाअनुसार नभएको विपक्षीको आरोप

लुम्बिनीको नीति तथा कार्यक्रममा जनभावनाअनुसार नभएको विपक्षीको आरोप

लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आज (शुक्रबार)देखि छलफल सुरु भएको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आज (शुक्रबार)देखि छलफल सुरु भएको छ। छलफलका क्रममा विपक्षी सांसदहरुले सरकारको नीति तथा कार्यक्रम ‘निरन्तता’ मात्रै रहेको आरोप लगाए भने सरकारले नीति कार्यक्रम जनताको भावनाअनुसार ल्याइएको दाबी गरेको छ।

छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले सरकारले कोभिड महामारीका बेलामा पनि नीति तथा कार्यक्रममा खोपको सुनिश्चिता नगरेकोमा आपत्ति जनाए। उनले आफूहरुले सरकारलाई निरन्तर सहयोग गरेको तर सरकारले त्यसलाई कमजोरीका रुपमा बुझेको आरोप लगाए। उनले सरकार देखिने र भेटिने अवस्थामा नरहेको आरोप लगाए।

यस्तै विपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बजेटका सन्दर्भमा कुनै छलफल नै नगरेको अरोप लगाए। उनले भने –‘अर्थमन्त्रीको लभलेटरबाहेक हामीसँग कसैले छलफल गरेको छैन।’ उनले मुख्यमन्त्री पोखरेल अहिले निकै हतोत्साही भएको आरोप लगाए।

उनले संसदमा नीति तथा कार्यक्रम पेस हुँदा मुख्यमन्त्री संसदमा नबस्नुको अर्थ संसदले बहुमतले पारित भयो भन्ने अभिव्यक्तिले मुख्यमन्त्रीको सोचमै दरिन्द्रपन देखिएको टिप्पणी गरे। उनले सरकार अल्पमतमा परेको बताउँदै कुन धाराअनुसार गठन भएको भनेर प्रश्न उठाए।

अर्का सांसद शंकर गिरीले सरकार संविधानको १६८ (१) अनुसार हो की १६८(२) अनुसार हो भनेर मुख्यमन्त्रीसँग जवाफ माग गरे। जसपा संसदीय दलका नेता सहसराम यादवले सरकार वैधानिक बाटोमा नहिँडेको आरोप लगाए।

जसपा संसदीय दलको कारबाहीमा परेका ४ जना प्रदेशसभा सदस्यहरूले बहुमतको आधारमा आफूहरूले दलको नेता परिवर्तन गरेको र दलको नेताको नेतृत्वमा पार्टी प्रदेश सरकारमा सहभागी भएको दाबी गरेका थिए।

प्रदेश सरकारको नीति तथा कार्यक्रमबारे जानकारी गराउदै मुख्यमन्त्री पोखरेलले कोभिड–१९ को संक्रमण नियन्त्रण र सम्भावित तेस्रो लहरबाट जोगाउन उन्मुख हुने बताए। विपक्षी दलहरुले सरकारको आलोचना गरेपछि एमाले सांसद तुलसी चौधरीले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनताको पक्षमा रहेको बताए।

उनले सरकारले गरेको राम्रो कामलाई नहेरेर आलोचना मात्रै गरेको आरोप लगाए। उनले प्रदेश सरकारलाई अस्थिर बनाउन अराजनीतिक गतिविधि गरेको भन्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र समृद्धिको पक्षमा रहेको बताए। नीति तथा कार्यक्रमाथि शनिबार दिउँसो १ बजे पनि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रकाशित: Jun 11, 2021| 15:05 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।