सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बीएन्डसीलाई सम्बन्धन दिने विषयमा आयोग पदाधिकारीबीच विवाद 

बीएन्डसीलाई सम्बन्धन दिने विषयमा आयोग पदाधिकारीबीच विवाद 

झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच विवाद भएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं– झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा चिकित्सा शिक्षा आयोगका पदाधिकारीबीच विवाद भएको छ। आयोगका केही पदाधिकारी बीएन्डसीलाई प्रक्रिया पूरा नगरी सम्बन्धन दिँदा विवाद हुने भन्दै त्यसको विपक्षमा उभिएपछि सम्बन्धका बारेमा सहमति हुन नसकेको हो। 

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गरेको यो मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आयोगका पदाधिकारीहरूलाई दबाब दिइरहेका छन्। आयोगको शुक्रबार बोलाइएको बैठकमा कुरा नमिलेपछि अधिकांश सदस्य बाहिरिसक्दा पनि शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्षलाई माइन्युट गर्न दबाब दिइरहेको आयोगका एक पदाधिकारीले जानकारी दिए।

ओलीको निर्देशनमा शिक्षामन्त्री श्रेष्ठले आयोगका उपाध्यक्ष श्रीकृण गिरीलाई बैठकस्थलमै रोकेर राखेको स्रोतले बताएको छ। सरकार जसरी पनि आजै बीएन्डसीलाई सम्बन्धन दिने पक्षमा रहेको बुझिएको छ। ‘बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो। प्रधानमन्त्री ओलीले कलेजलाई तत्काल सम्बन्धन दिनुपर्ने भन्दै आफ्नो विचार राखेर बाहिरिनुभयो। शिक्षामन्त्रीले सम्बन्धन दिनुपर्ने अडान राखिरहनुभएको छ', स्रोतले भन्यो।

प्रकाशित: Jun 11, 2021| 13:08 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।