सोमबार, भदौ ८, २०८३

गण्डकीमा सरकार बनाउन कांग्रेस गठबन्धनको दाबी

प्रदेश सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यकक्षमा पुगेको छ।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

पोखरा– प्रदेश सरकार गठनका लागि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दाबी गर्दै शुक्रबार अपराह्न प्रदेश प्रमुखको कार्यकक्षमा पुगेको छ। प्रदेश प्रमुख सीताकुमारी पौडेलको आह्वानपछि विपक्षी दलहरु बहुमत दाबी गर्दै पुगेका हुन्। 

गठबन्धनमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २ जनता समाजवादीका २, स्वतन्त्र सांसद दीपक मनाङे छन्। गण्‍डकीमा माओवादीका १२ सांसद भए पनि एक जना सभामुख छन्। संविधानको धारा १६८ (५) अनुसार सरकार गठनका लागि चौबीस घण्टाको समय दिएर बहुमत दाबी गरेर आउन प्रदेश प्रमुख सीताकुमारी पौडेलले शुक्रबार दिउँसो आह्वान गरेकी हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन असफल भएपछि प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ।  कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेर गठबन्धनले अविश्वास प्रस्ताव समेत ल्याइएको थियो। 

प्रकाशित: Jun 11, 2021| 11:59 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।