काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान नै उल्ट्याइदिने खेल भइरहेको बताएका छन्। शुक्रबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएर बाहिरिने क्रममा डा भट्टराईले यस्तो धारणा राखेका हुन्।
'व्यवस्था उल्ट्याइदिने भनेपछि सबै गइगयो नि। पटकपटक संसद् विघटन गरिएको छ। चुनाव गराउने लक्षण देखिँदैन। चुनाव नभएपछि संविधान फेल हुन्छ। चुनाव नभएपछि यो व्यवस्था असफल भयो भनेर संविधान नै उल्ट्यादिने ग्र्यान्ड डिजाइन हो,' डा भट्टराईले भने।
उनले केपी शर्मा ओलीका गतिविधि टिप्पणी गर्न लायक पनि नरहेको बताए। चुनावको तयारी गर्नुपर्ने सरकारले मन्त्रीपरिषद् विस्तार गरिरहेको उनको भनाइ छ। मन्त्रिपरिषद् विस्तारको अधिकार ओलीलाई नभएको र उनले असंवैधानिक काम गरेको डा भट्टराइले भने।