काठमाडौं– काठमाडौं उपत्यकामा जारी निषेध आदेश खुकुलो बनाइने भएको छ। कोरोना महामारीको दोस्रो लहर नियन्त्रणका लागि सरकारले वैशाख १६ गतेबाट गरेको निषेध आदेश जेठ ३१ सम्म सकिँदै छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आगामी दिनमा निषेध आदेश खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको बताए।
कोरोनाको अवस्था हेरेर बिस्तारै सबै क्षेत्र सहज बनाउँदै लगिने उनले बताए। यसअघि काठमाडौं उपत्यका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जेठ ३१ सम्म लकडानलाई निरन्तरता दिने निर्णय गरेका थियो। पछिल्ला दिनमा कोरोना अटेपछि अवस्था अझै सामान्य बनिसकेको छैन। पराजुलीले भने, ‘निषेध आदेश केही खुकुलो पार्ने, मापदण्ड पालनामा कडाइ गर्ने तथा एक साता थप गर्ने विषयमा छलफल भइरहेको छ।’
उनका अनुसार कुनकुन क्षेत्र खुकुलो पार्ने भन्ने विषयमा विज्ञसँग छलफल भइरहेको छ।