सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको आदेशविरुद्ध सर्वोच्च जाने ओली पक्षको तयारी 

सर्वोच्चको आदेशविरुद्ध सर्वोच्च जाने ओली पक्षको तयारी 

वैशाख ७ गते गते आफूपक्षीय नेता केन्द्रीय सदस्यहरुको भेला राखेर ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेको केपी शर्मा ओली पक्ष भ्याकेटका लागि सर्वोच्च जाने भएको छ। ओली पक्षले कारबाही गरेका माधवकुमार नेपाल पक्षका गण्डकीका ४ सांसहरूलाई पुनर्बहाली गर्न आदेश दिँदै एमाले महाधिवेशन आयोजक कमिटीलाई पनि वैधानिक मान्न नसकिने आदेश सर्वोच्चले दिएपछि ‌ओली पक्षले त्यसविरुद्ध सर्वोच्च जाने तयारी गरेको हो। 

सर्वोच्चको आदेशविरुद्ध आफूहरुले भ्याकेट दर्ता गराउने ओली पक्षका नेता सुवास नेम्बाङले जानकारी दिएका हुन्। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले बिहीबार मात्रै एमाले महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन नसकिने र त्यसले गरेका कारबाहीले पनि वैधानिक हैसियत प्राप्त नगर्ने अन्तरिम आदेश दिएको थियो।

वैशाख ७ गते गते आफूपक्षीय नेता केन्द्रीय सदस्यहरुको भेला राखेर ओलीले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेका थिए। 
 

प्रकाशित: Jun 11, 2021| 10:44 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।