सोमबार, चैत २, २०८२

गम्भीर आर्थिक संकटतिर पाकिस्तान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इस्लामावाद- पाकिस्तानी मुद्रा रुपीको अवमूल्यन भएको छ । एक अमेरिकी डलरको मूल्य एक सय १८ रुपी ७० पैसा पुगेको छ । 

गत सोमबारको तुलनामा तीन दशमलव आठ प्रतिशतले गिरावट आएको छ । डलरलाई छाडेर भारतीय र पाकिस्तानी मुद्राको तुलना गर्ने हो भने भारतीय ५० पैसा बराबर पाकिस्तानी एक रुपैयाँ पुगेको अर्थविद्हरूले बताएका छन् । एक अमेरिकी डलरको मूल्य ६७ भारतीय रुपैयाँ छ । 

सात महिनायता पाकिस्तानी मुद्राको तीन पटक अवमूल्यन भइसकेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ले मुद्रा सन्तुलनका लागि विभिन्न कार्य सञ्चालन गरे पनि सफल हुन सकेको छैन । लगातार मुद्रा अवमूल्यन हुँदा पाकिस्तानी नागरिक चिन्तित छन् । 

पाकिस्तानमा आगामी २५ मेमा संसदीय निर्वाचन हुँदैछ । चुनावभन्दा पहिले नै देशमा आर्थिक संकट आउने आकलन अर्थविद्हरूको छ । पाकिस्तानी अर्थतन्त्र करिब तीन सय अर्ब अमेरिकी डलरबराबरको छ । 

विदेशी मुद्राको सञ्चितिले पनि पाकिस्तानी अर्थ व्यवस्थालाई कमजोर बनाइरहेको छ । यस्तै अवस्था रहेमा पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग गुहार माग्नुपर्ने अवस्था आउन सक्ने अर्थशास्त्रीहरूको भनाइ छ । 

एक अमेरिकी डलरबराबर ११८.७० पाकिस्तानी रुपी, एक रुपीको भारु ५० पैसा ।


आईएमएफ गुहार्नु परे त्यो पाँच वर्षयताको दोस्रो गुहार हुनेछ । यसअघि सन् २०१३ मा पनि आईएमएफको सहयोगमा पाकिस्तान आर्थिक संकटबाट बाहिर निस्किएको थियो । 

स्टेट बैंक अफ पाकिस्तानले बजारमा उतारचढावका कारण यस्तो अवस्था आएको बताएको छ । नेसनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका अर्थशास्त्री अस्फाक हसन खानले अन्तरिम सरकार रहँदा यस्तो अवस्था आएको बताउँदै आम निर्वाचनको समयमा अझै नाजुक स्थिति आउने बताए । 

अन्तरिम सरकारले नीतिगत सुधार गर्दै मुद्रा अवमूल्यनको उचित समाधान निकाल्नुपर्ने सुझाव उनले दिएका छन् । यसअघि सरकारको नेतृत्व गरिरहेको पाकिस्तानी मुस्लिम लिग (नवाज)का नेताहरूले भने मुलुकको आर्थिक समृद्धिका लागि फेरि पनि आफ्नै पार्टीलाई सरकारमा पुर्‍याउनुपर्ने प्रचार गर्दै आएका छन् । -बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।