आइतबार, साउन १७, २०८३

काठमाडौंमा कोरोना खोप लगाउने काम बन्द

जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो। यो चरणमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र खोप लगाइएको थियो। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- काठमाडौं महानगरले कोरोना भाइरस विरुद्धको खोप कार्य स्थगित गरेको छ। स्वास्थ्य सेवा विभागले जिल्लालाई छुट्याएको संख्या पूरा भएको भन्दै महानगरले खोप लगाउने काम स्थगित भएको सूचना सार्वजनिक गरेको हो।

जेठ २५ देखि काठमाडौं महानगरपालिकाका १ देखि ३२ सम्मकै वडाहरुमा चिनियाँ खोप ‘भेरोसेल’ लगाउन थालिएको थियो। यो चरणमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र खोप लगाइएको थियो। 

महानगरले अर्को सूचना जारी नभएसम्म जेठ २८ देखि खोप लगाउने काम स्थगित गरेको हो। 

प्रकाशित: Jun 10, 2021| 14:33 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्