शनिबार, मंसिर १३, २०८२

जब औपचारिक घोषणाअगावै परिणाम बाहिरियो ... 

संसदीय राजनीतिमा कतिपय कुराहरु पहिल्यै नै थाहा भइसकेका हुुन्छन्। तर औपचारिकताका लागि मात्रै ती घटनाक्रमलाई कार्यसूचीअनुसार तोकिएको समयमा सार्वजनिक गर्नुु संसदीय मान्यता हो। 
 |  बिहीबार, जेठ २७, २०७८

विभु भुसाल

विभु भुसाल

बिहीबार, जेठ २७, २०७८

पोखरा– संसदीय राजनीतिमा कतिपय कुराहरु पहिल्यै नै थाहा भइसकेका हुुन्छन्। तर औपचारिकताका लागि मात्रै ती घटनाक्रमलाई कार्यसूचीअनुसार तोकिएको समयमा सार्वजनिक गर्नुु संसदीय मान्यता हो। 

National life

तर, बिहीबार गण्डकी प्रदेशमा संसदीय मान्यताको धज्जी उडेको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सदनबाट विश्वासको मत लिने बिहीबारको एकमात्रै कार्यसूची थियो। कार्यसूची अनुसार संसद् चल्दै पनि थियो। प्रदेशको राजनीतिमा चासो राख्नेहरुलाई के पनि थाहा थियो भने, न त मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्छन्, न त विपक्षीले नै बहुमत जुटाउन सक्छन्। 

जब मुख्यमन्त्रीको पक्ष र विपक्षमा हस्ताक्षर सकिएर घोषणा गर्ने समय आयो, प्रदेश सभामा भने ‘जात्रा’ नै देखियो। प्रदेश सभामा सभामुख नेत्रनाथ अधिकारी र संसद् सचिवालयका कर्मचारीहरुबीच भएको कुराकानी सबै प्रदेश सभाको युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण भइरहेको थियो। 

‘के कति भयो? उताको कति आयो, यताको कति आयो?’ भनेर सभामुखले संसद् सचिवालयका कर्मचारीहरुसँग कुराकानी गरेको सबै सुनिएको थियो। ‘उताको २७, यताको ३०, १ जना अनुपस्थित, १ जना तटस्थ,’ कर्मचारीले सभामुखलाई सुनाए।

प्रदेशसभा सचिवालयका प्राविधिक कर्मचारीहरुको कमजोरी त्यहाँ प्रष्ट देखिएको थियो। सभामुख आसनमा बसेर अनौपचारिक कुरा गर्दा माइक अफ गर्नुपर्छ भन्ने सामान्य ज्ञान पनि सभामुखमा नभएको भन्दै उनको पनि आलोचना भइरहेको छ। 

Laxmi sunrise bank
kumari

गण्डकी प्रदेशका सभामुख अधिकारी यसअघिका बैठकहरुमा पनि चिप्लिएका उदाहरण छन्। प्रदेश गठन भएको पहिलो आर्थिक वर्षमा नै सरकारले नीति तथा कार्यक्रम पेश गर्दा प्रस्ताव नै फेल हुने गरी सांसदहरु हराइरहेका थिए। नीति तथा कार्यक्रम फेल हुँदा सरकार ढल्ने भन्ने ज्ञान नभएका कारण उनले सांसदहरुलाई रुलिङ गर्न नसकेको भन्दै उनको पहिलो वर्षमा नै आलोचना भएको थियो।

गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्

 

प्रकाशित: Jun 10, 2021| 12:48 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।