सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड र ओलीलाई प्रश्‍न : ‘मन्त्रीको वडामा बजेट थुपारेर समाजवाद आउँछ ?’

प्रचण्ड र ओलीलाई प्रश्‍न : ‘मन्त्रीको वडामा बजेट थुपारेर समाजवाद आउँछ ?’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपाका सांसदहरूले सरकारले ल्याएको बजेटमा मन्त्रीको क्षेत्रलाई मात्रै प्राथमिकता दिएको बताउँदै चर्को आलोचना गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको संसदीय दलको बैठकमा यस्तो प्रश्न उठेको हो । 

बजेट मन्त्रीको क्षेत्रमुखी भएको बताउँदै पार्टीभित्र व्यापक असन्तुष्टि बढेपछि संसदीय दलको बैठक डाकिएको हो । बैठकमा बोल्दै सांसद भीम रावलले पश्चिम सेती जलविद्युत् आयोजनाका लागि बजेट नछुट्याइएको बताउँदै चर्को असन्तुष्टि व्यक्त गरे । 

अर्का सांसद यज्ञराज सुनुवारले मन्त्रीहरूले आफ्नो चुनाव क्षेत्रलाई मात्र बजेट छुट्याएको आरोप लगाए । उनले भने, ‘पहिला मन्त्रीको वडामा मात्र बजेट लगेर त्यहाँबाट  समाजवाद आउँछ ? अरूको वडामा कहिले समाजवाद आउँछ ?’ 

वृद्धभत्ता पाँच सयका दरले भए पनि वृद्धि गर्न सुनुवारले माग गरे । बैठकमा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अगाडि राखेर सांसदहरूले आलोचना गरेका थिए । 

कमजोरी भएको प्रधानमन्त्रीको स्वीकारोक्ति

संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बजेटमा कमी–कमजोरी भएको स्वीकारे । प्रधानमन्त्रीले त्यसलाई सच्याउँदै जाने र अर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने जानकारी दिए । 

प्रधानमन्त्री र अध्यक्षलाई हुटिङ

संसदीय दलको बैठकमा सहभागी भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बाहिरिन आँटेपछि सांसदहरूले हुँदैन भनेर हुटिङ गरेका थिए । सांसदहरूको प्रश्न थियो, ‘तपाईंहरू दुवै जना नभएपछि हामीले कसलाई सुनाउने ?’ त्यसपछि ‘म बस्छु’ भन्दै प्रचण्ड बसेका थिए । बैठक जारी छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।