आइतबार, जेठ ३, २०८३

स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गर्ने प्रकाशन गृहलाई कारबाही गर्ने तयारी

पाठ्यक्रम विकास केन्द्रले कुनै पनि प्रकाशन गृहले स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले कुनै पनि प्रकाशन गृहले स्वीकृति नलिई पाठ्यपुस्तक बिक्री गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

National life

नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्नेमा केही प्रकाशन गृहले मनलाग्दी रुपमा पाठ्यपुस्तक प्रकाशन गरेर बिक्रीविरतरण गरेको भन्दै त्यस्ता प्रकाशन गृहलाई कारबाही गर्ने चेतावनी केन्द्रले दिएको हो।

केन्द्रले शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा ८ मा विद्यालयले नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्ने व्यवस्था रहेको र शिक्षा नियमावली २०५९को नियम ३५ अनुसार पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेका पाठ्यसामग्रीहरुको सूचीमा परेका पाठ्यसामग्री वा पाठ्यपुस्तक मात्र प्रयोग गर्नु–गराउनु पर्ने व्यवस्था रहेकोसमेत स्मरण गराएको छ। 

विभिन्न प्रकाशक, पुस्तक व्यवसायीहरूले पाठ्यसामग्रीमा नेपालको संशोधित मानचित्र समावेश नगरेको, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचीमा नरहेको, स्वीकृति प्रदान नगरिएको, नियमानुसार परिमार्जन नभएको, अद्यावधिक नगरेका पाठ्यसामग्री प्रकाशन र बिक्रीवितरण गरेको भन्ने गुनासो पाइएकोले यसप्रति केन्द्रको गम्भीर ध्यानाकर्षण भएको सूचनामार्फत् जनाएको छ। 

स्वीकृति प्राप्त पाठ्यसामग्रीहरुमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यकमअनुसार प्रचलित कानुनबमोजिम स्वीकृति प्राप्त गरेर मात्र पाठ्यसामग्रीहरुको प्रकाशन, बिकी वितरण र प्रयोग गर्नुपर्ने व्यवस्थाको प्रतिकूल हुनेगरी प्रकाशन, विकीवितरण र प्रयोग नगर्नु नगराउन  केन्द्रले प्रकाशक, पुस्तक व्यवसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैलाई अनुरोध गरेको छ।

यसअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले केही पाठ्यपुस्तकमा नेपालको नक्सासम्बन्धी विवरण गलत भएको भन्दै पुरानो नक्सा राखेर पाठ्यसामग्री विकास, उप्पादन र बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएका थिए। 

प्रकाशित: Jun 10, 2021| 10:56 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्