काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल पक्षका पुष्कर आचार्य समूह विजयी भएको छ। अध्यक्षलगायतका पदाधिकारी पनि पौडेल पक्षले क्लिन स्वीप गरेको छ। सदस्य लगायतका अन्य स्थानमा पनि पौडेल पक्षले प्रभुत्व कायम गरेको छ।
संस्थापन पक्षबाट उम्मेदवार बनेका खिलनाथ दाहालभन्दा रामचन्द्र पौडेल पक्षका पुष्कर आचार्यले २८३ मतान्तरले जितेका छन्। देउवा पक्षबाट दुई पदमा मात्रै पौडेल पक्षमा अगाडि देखिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४