आइतबार, वैशाख २७, २०८३

आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दायर

म्यानमारको सेनाले नेतृ आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरेको छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

म्यानमारको सेनाले नेतृ आङसाङ सुकीमाथि भ्रष्टाचारको अर्को मुद्दा दर्ता गरेको छ।

National life

सुकीले ठूलो मात्रामा आर्थिक चलखेल गरेको र सुनमा भ्रष्टाचार गरेको सेनाको आरोप छ। उनले छ लाख अमेरिकी डलर र सातवटा सुनका टुक्रा लिएको सेनाले जनाएको छ।

सेनाले सुकीमाथि अवैध रुपमा ओकेटोके भित्र्याएको र सार्वजनिक रुपमा अशान्ति फैलाएको आरोपसमेत लगाएको छ।

सेनाले लगाएको आरोप प्रमाणित भएका सुकीलाई १५ वर्षको जेल सजाय हुन सक्ने आकलन गरिएको छ।

फेब्रुरअरी १ मा प्रजातन्त्र समर्थक सुकीलाई म्यानमार सेनाले नियन्त्रणमा लिई नजरबन्द अवस्थामा राखेको छ।

सुकीको सरकारमाथि सेनाले जग्गाको सौदाबाजिवमा सरकारी रकम दुरुपयोग गरेको आरोपसमेत लगाएको छ।

सेनाले सुकीका साथै अन्य अधिकारीमाथि पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

नेर्त सुकीलाई सेनाले यसअघि पनि अफिसियल सेक्रेट एक्ट तोडेको आरोप लगाएको थियो।

उनले अफिसियल  सेक्रेट एक्ट तोडेकामे प्रमाणित भए उनलाई १४ वर्षको जेल सजाय हुन सक्ने बताइएको छ।

प्रकाशित: Jun 10, 2021| 08:43 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।