सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समितिको म्याद सकियो, सुनकाण्ड छानविन महाशाखालाई नै जिम्मा दिने तयारी 

समितिको म्याद सकियो, सुनकाण्ड छानविन महाशाखालाई नै जिम्मा दिने तयारी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- ३३ किलो सुन तस्करी अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको छानविन समितिको म्याद सकिएको छ । २० चैतमा गठित उक्त समितिको म्याद बिहीबार सकिएको हो । 

समितिमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल संयोजक छन् । नेपाल प्रहरीका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र निरीक्षक भिष्म हुमागाईं सदस्य छन् । उक्त समितिले उक्त प्रकरणको सुक्ष्म अनुसन्धान गरिरहे पनि टुंगोमा पुर्‍याउन सकेको छैन । 
 

सुन तस्करीको ‘नेक्सस’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसम्म रहेको अनुमानमा गृहमन्त्री रामबहादुर थापा र छानविन समिति


संगठित अपराधको छानविन प्रक्रिया लामो हुने भएकाले समितिको म्याद थप्नुभन्दा महानगरीय अपराध महाशाखालाई नै जिम्मा दिनेबारे छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । 

गृहमन्त्री रामबहादुर थापा बादल भने यस प्रकरणलाई सोही समितिमार्फत् टुंगोमा पुर्‍याउनुपर्ने पक्षमा देखिएको मन्त्रालय स्रोतको भनाइ छ । सोही कारण समितिको म्याद एक महिना बढाउन सकिनेबारे पनि मन्त्रालयका अधिकारीहरूबीच छलफल भइरहेको छ । 

तर, यस प्रकरणलाई महाशाखाले नै उठान गरेकाले उसैलाई जिम्मा दिएर टुंग्याइनुपर्ने पक्षमा केही गृह अधिकारीहरू देखिएका छन् । ‘१÷२ दिनमै यसबारे निर्णय लिइनेछ,’ स्रोतले भन्यो । 

गृहमन्त्री थापा र छानविन समितिले सुन तस्करीको ‘नेक्सस’ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेताहरूसम्म रहेको अनुमानमा रहेको स्रोतको भनाइ छ । तर, बलियो प्रमाण फेला नपरेकाले तत्काल ‘एक्सन’मा जान नसकिएको स्रोतको दाबी छ । कुन तहका नेता हुन् भन्नेबारे भने स्रोतले केही खुलाएन । 

यस प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’लगायत अभियुक्तले आफूहरूभन्दा माथिल्लो ‘कनेक्सन’बारे मुख नखोलिरहेको समिति स्रोतको भनाइ छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।