शुक्रबार, साउन ८, २०८३

'लाइभ शो' मै  विपक्षीको गालामा थप्पड (भिडियोसहित)

पाकिस्तानमा टिभी लाइभ शोमा सत्ताधारी पार्टीकी नेतृले विपक्षीको गालामा थप्पड हानेकी छिन्।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

पाकिस्तानमा टिभी लाइभ शोमा सत्ताधारी पार्टीकी नेतृले विपक्षीको गालामा थप्पड हानेकी छिन्।

पन्जाव मुख्यमन्त्रीको विशेष सहायक डा. फिरदौस आशिक अवान र विपक्षी पीपीपी एमएनएका सांसद अब्दुल कादीरखान मन्दोखेलबीच चर्काचर्कि हुँदा डा. फिरदौसले कादीरको गालामा थप्पड होकी हुन्।

लाइभ शोमा बहस भइरहेको थियो। बहस गर्दै जादा दुवै बीच विवाद चर्किदै गयो। सत्ताधारी दलका नेतालाई रिस उठ्दै गयो।

एक्सप्रेस न्युजको एक कार्यक्रममा उनले विपक्षी नेताको गालामा थप्पड बजारिन्।

कार्यक्रम प्रस्तोता जावेद चौधरीको ‘कल तक’ नामक कार्यक्रममा दुवै नेतालाई भ्रष्टाचारको विषयमा बहस गर्न बोलाइएको थियो।

लाइभमा गालीगलौचले नपुगेपछि डा. फिरदौसले कादीर खानको कलर समातेर थप्पड हानेकी थिइन्। अहिले यो भीडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रकाशित: Jun 10, 2021| 07:22 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।