भारतको छत्तिसगढमा पाँच छोरीसहित एक महिलाले आत्महत्या गरेकी छिन्।
छत्तिसगढको महासमुन्द क्षेत्रकी एक महिलाले पाँच छोरीसहित आफूले रेलको लिकमा गएर आत्महहत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
मृतक महिला र छोरीहरू बुधबार रातिबाट वेपत्ता थिए। बिहीबार प्रहरीले उनीहरूको लास रेल लिकमा भेट्टाएको छ।
मृतक महिलाले नाबालक छोरीसहित आत्महत्या गरेकी हुन्। मृतककी जेठी छोरीको उमेर १७ वर्ष रहेको छ भने कान्छि छोरी १० वर्षकी थिइन्।
छत्तिसगढ प्रहरीका अनुसार मृतक महिला घरायसी विवादपछि घरबाट बेपत्ता भएकी थिइन्। उनका श्रीमानले पुलिसलाई खबर गर्नुको सट्टा आफन्तको घरमा खोजिरहेका थिए। प्रहरीले उनीहरू सबैको शव पोष्टमाटमका लागि पठाइसकेको छ।