सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षको क्लिन स्विप, देउवालाई धक्का 

ट्रेड युनियन कांग्रेसमा पौडेल पक्षको क्लिन स्विप, देउवालाई धक्का 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल ट्रेड युनियन कांग्रेसमा रामचन्द्र पौडेल पक्षका पुष्कर आचार्य समूह विजयी भएको छ। अध्यक्षलगायतका पदाधिकारी पनि पौडेल पक्षले क्लिन स्विप गरेको छ। सदस्यलगायत अन्य स्थानमा पनि पौडेल पक्षले प्रभुत्व कायम गरेको छ। 

संस्थापन पक्षबाट उम्मेदवार बनेका खिलनाथ दाहालभन्दा रामचन्द्र पौडेल पक्षका पुष्कर आचार्यले झण्डै साढे दुई सय मतान्तरले जितेका छन्। मत परिणामको सकिएपछि रुजु गरेर औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ। अहिलेसम्म देउवा पक्षबाट दुई पदमा मात्रै पौडेल पक्षमा अगाडि देखिएका छन्।

रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसीलगायत नेताहरूको समर्थनमा खडा भएको आचार्य समूहको शानदार जितले संस्थापक्ष पक्षलाई ठूलो धक्का दिएको छ। यसअघि भएको शिक्षक युनियन, कर्मचारी युनियनको अधिवेशनमा पनि देउवा पक्ष पराजित भएको थियो । 

यो पनि पढ्‍नुस् 
ट्रेड युनियन कांग्रेसमा आचार्य विजयी, यस्तो छ अन्तिम मतपरिणाम 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।