सोमबार, चैत ९, २०८२

बालबालिकामा पनि कोरोनाविरुद्धको खोप परीक्षण

तेस्रो लहरमा बालबालिका कोरोनाको जोखिममा हुने आकल भइरहेको समयमा भारतमा बालबालिकामाथि खोप परीक्षण थालिएको हो। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

भारतको कानपुरमा दुई वर्षको बच्चालाई कोरोनाविरुद्धको खोप दिँदै यसको प्रभावकारीता बारे अध्ययन थालिएको छ। तेस्रो लहरमा बालबालिका कोरोनाको जोखिममा हुने आकल भइरहेको समयमा भारतमा बालबालिकामाथि खोप परीक्षण थालिएको हो। 

National life

भारतले बायोटेकको कोभिसिल्डको परीक्षण थालेको हो। यससँगै ६ देखि १२ र १२ देखि १८ उमेर समूहका बालबालिकामा पनि खोप लगाउन थालिएको छ।

आर्यनगरस्थित प्रखर अस्पतालमा मंगलबारबाट बालबालिकामा खोप लगाउन सुरु गरिएको हो। दुई वर्ष, ६ वर्षदेखि १२ वर्ष र १२ देखि १८ वर्ष गरि तीन समूहमा बालबालिकालाई विभाजन गरिएको छ। पहिलो दिन १२ देखि १८ वर्षका ४० बालबालिकाको स्वास्थ्य जाँच गर्दा २० जना खोप लगाउन योग्य पाइएका थिए। उनीहरूलाई खोप लगाइएको छ।

बुधबार ६ देखि १२ वर्ष उमेर समूहका पाँच बच्चामा बोप लगाइएको छ। खोप लगाएको ४५ मिनेटसम्म बालबालिकालाई चिकित्सकको निगरानीमा राखिएको थियो। खोप लगाएका सबै बालबालिकाको स्वास्थ्यवस्था सामान्य रहेको बताइएको छ। दुई बच्चाको छाता रातो भएको भए पनि उनीहरूको अवस्था सामान्य नै छ। योसँगै केही दुई वर्ष उमेर समूहका बालबालिकामा पनि खोप परीक्षण गरिएको छ।

ट्रायल प्रखुख वरिष्ठ बालरोग विशेषज्ञ एवं पूर्व डीजीएमई प्रोफेसर वीएन त्रिपाठीले दुई सालको बच्चामा कोरोना भ्याक्सिनको परीक्षण पहिलो पटक गरिएको बताए। अमर उजालाबाट

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 10, 2021| 01:30 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्