काठमाडौं- हातहतियार देखाइ १६ लाख लुटेर भागेका दुई जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।
भक्तपुर सुर्यविनायक नगरपालिका–८ गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरि बस्ने राम बहादुर तामाङको डेराबाट १६ लाख ७ हजार ९०० रुपैयाँ बराबरको नगद तथा गरगहना लुटर फरार भएका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
उनिहरुलाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको बिशेष टोलीले शुक्रबार ललितपुरको भैसेपाटिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा ३ सिगौचाका रोहित बहादुर थापा र सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १ झाक्रे गाँउका टोपबहादुर तमाङ छन ।
गत फागुन १० गते राति २ बजे रामबहादुर तामाङको डेरामा गई पेस्तोल र खुकुरी देखाई हातखुट्टा बाँधेर लुटपाट गरेको महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४