आइतबार, जेठ ३, २०८३

त्रिविको अनलाइन परीक्षा फारम रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने बनाएको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको परीक्षा आवेदन फारम रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने बनाएको छ।

National life

परीक्षा नियन्त्रणका कार्यालयले आंशिक र मौका परीक्षाका परीक्षार्थीहरुको रजिष्ट्रेशन नम्बर अनलाइन एक्सिसमा नखुलेकाले रजिष्ट्रेशन नम्बर नराखी भर्न मिल्ने बनाइएको सूचनामार्फत् जानकारी दिएको हो।

त्रिविले २०७६ सालको रजिष्ट्रेशन नम्बर कायम नभएका परीक्षार्थीहरुको हकमा रजिष्ट्रेशन फारम आवश्यक प्रमाण पत्र र दोब्बर दस्तुर लिई सम्बन्धित क्याम्पसले नै अनलाइन फारम भर्नुपर्ने र प्रवेशपत्र वितरणको समयभित्र रजिष्ट्रेशन नम्बर अनिवार्य लिइसक्नु पर्ने जनाएको छ।

रजिष्ट्रेशन नम्बर कायम नभएमा परीक्षार्थीलाई परीक्षामा संलग्न नगराइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। त्यस्तै जेठ मसान्तभित्र परीक्षा आवेदन फारम अनलाइन माध्यमबाट विद्यार्थीले भरिसक्नुपर्ने र असार १ गतेबाट उक्त फारम क्याम्समा रुजुका लागि पठाइने परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख गरेको छ।

प्रकाशित: Jun 09, 2021| 13:09 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्