सोमबार, चैत ९, २०८२

प्रप्रासंघले भन्यो– प्राध्यापक र कर्मचारीलाई तत्काल खोपको व्यवस्था होस् 

'विश्वविद्यालयका प्राध्यापक–कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो खोप उपलब्ध गराएर मात्र शैक्षिक क्षेत्र चलायमान बनाउनुपर्छ।’ 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– प्रजातन्त्रवादी प्राध्यापकहरूले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई तत्काल खोप लगाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले महामारीका कारण कतिपय शिक्षक–कर्मचारीको ज्यान गए पनि विश्वविद्यालयहरू भने समवेदना दिएर मात्रै पन्छिरहेको आरोप लगाए। 

National life

प्रजातन्त्रवादी प्राध्यापकहरुको समूह प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले बुधबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘विश्वविद्यालय प्रशासन मृतकको सूची निकालेर समवेदना दिएर मात्र जिम्मेवारीबाट पन्छिँदै छ। आफ्नो सम्पूर्ण जीवन विश्वविद्यालयमा समर्पण गरेका व्यक्तिलाई विश्वविद्यालयले बेवास्ता गरेर गैरजिम्मेवार चरित्र देखाउनु लज्जाको विषय हो।’ 

संघका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ्, ‘विश्वविद्यालयका पदाधिकारीलाई यस्तो अमानवीय प्रवृत्ति सच्याएर कोभिड–१९ बाट ज्यान गुमाएका प्राध्यापक–कर्मचारीका आश्रित परिवारका लागि उचित राहतको व्यवस्था गर्न हामी जोडदार माग गर्दछौं।’

विश्वविद्यालयका प्राध्यापक–कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो खोप उपलब्ध गराएर मात्र शैक्षिक क्षेत्र चलायमान बनाउनुपर्छ।’ 

तिमिल्सिनाले छिटोभन्दा छिटो खोप उपलब्ध गराएर नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न सरकारसँग आग्रह गरे। उनले भने, ‘प्राध्यापक–कर्मचारी र विद्यार्थीलाई प्राथमिकतामा राखी छिटोभन्दा छिटो खोप उपलब्ध गराएर मात्र शैक्षिक क्षेत्र चलायमान बनाउनुपर्छ।’ 

Laxmi sunrise bank
kumari

खोप नलगाइकन अध्ययन–अध्यापनमा सहभागी हुँदा हुन सक्ने मानवीय क्षतिलाई ध्यान दिँदै सम्पूर्ण प्राध्यापकहरुलाई घरमै बसेर वैकल्पिक प्रविधिद्वारा अध्ययन अध्यापन कार्यमा सहयोग गर्न अनुरोध गर्दछौं। तिमिल्सिनाले कोरोना महामारीका कारण देखाएर विश्वविद्यालयमा आंशिक रुपमा कार्यरत शिक्षक–कर्मचारीलाई विभेद नगर्न पनि सबै विश्वविद्यालयको ध्यानाकर्षण गराएका छन्। उनले भने, ‘महामारीका बेला कतिपय विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पढाइरहेका शिक्षक र कर्मचारीले पारिश्रमिक समेत नपाएको भन्ने सुनिन आएको छ। यसप्रति सम्बन्धित विश्वविद्यालयहरू गम्भीर बनून्।’

प्रकाशित: Jun 09, 2021| 12:48 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्