काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सासंदहरुले मन्त्रीहरुको व्यापक आलोचना गरेपछि संसदीय दलको बैठक बस्न लागेको छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार ८:३० बझे बस्न भएको छ । मन्त्रीहरुले बजेटमा आ-आफ्नो क्षेत्रलार्इ मात्र हेरेर बजेट छुट्याएको भन्दै नेकपाकै सांसदहरुले चर्को आलोचना गरेपछि प्रधानमन्त्री तथा नेकपा संसदीय दलका अध्यक्ष केपी शर्मा ओलीको आव्हानमा बैठक बोलाइएको हो ।
सांसदहरुले सञ्चारमन्त्रीले टेलिभिजन कार्यक्रम बन्द नै गर्नेगरी चालेको कदम र बजेट छुट्याउदा सहरकेन्द्रीत तथा पकड क्षेत्र केन्द्रीत भएको भन्दै विरोध गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४